Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवनका चेपाङका लागि पनि घर बनाइँदै
सिन्धुपाल्चोक- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेल नेतृत्वको टोलीले सिन्धुपाल्चोकको धुस्कुनमा ६० अस्थायी घर टहरा निर्माण गरेको छ ।

भूकम्प प्रभावित गाउँहरुमा ५ सय अस्थायी घर निर्माणको घोषणा गरेका पौडेलको नेतृत्वमा धुस्कुनको थामीवस्ती ६० अस्थायी घर निर्माण सम्पन्न भएको हो ।
धुस्कुनमा घर निर्माण गर्नका लागि पौडेलको नेतृत्वमा नेपाली कांग्रेस आबद्ध ६० युवाहरु काठमाडौंबाट धुस्कुन पुगेका थिए । उनीहरुले स्थानीय बासिन्दासमेतको सहयोगमा अस्थायी घर निर्माण गरेका हुन् । अस्थायी घर निर्माणमा प्रतिघर १ बण्डल जस्ता उपलब्ध गराइएको थियो भने स्थानीय रुपमा उपलब्ध काठ, बाँस, छ्वाली लगायतका सामाग्रीको समेत प्रयोग गरिएको थियो ।

केन्द्रीय सदस्य पौडेलका अनुसार ५ सय घर निर्माणको आफ्नो अभियान अन्तर्गत धुस्कुनमा घर बनाइएको जानकारी दिए । ‘५ सय घर बनाउने अभियानअनुसार धुस्कुनमा घर बनाएका छौं । हामीले जस्ता उपलब्ध गराउनुका साटै पार्टीको निर्णयअनुसार श्रमदान पनि गरिरहेका छौं’, पौडेलले भने ।

धुस्कुनका स्थानीय कांग्रेस नेता बलदेव तिमिल्सिनाले गाउँमा श्रम गर्ने युवाहरुको अभाव भएको बेला ६० अस्थायी घर बनाइदिएर अभियानले पिडितलाई राहत दिएको बताए । ‘यहाँका सबैजसो घर पूर्ण क्षतिग्रस्त रहेका छन् । अस्थायी घरले स्थायी बसोबास नहुदाँसम्म पीडितलाई राहत दिएको छ’, उनले भने ।

५ सय अस्थायी घर निर्माणको घोषणा गरेका पौडेलको नेतृत्वमा यसअघि गोरखा, रामेछाप र तनहुँमा अस्थायी घर निर्माण सम्पन्न भइसकेको छ , यसैबीच चेपाङहरुको बाहुल्य रहेको चितवनको पहाडी गाविसमा अस्थायी घर बनाइदिन पौडेल नेतृत्वको टोली शनिबार नै त्यसतर्फ प्रस्थान गरेको छ ।

तपाईको प्रतिक्रिया