Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भक्तपुर– विनाशकारी भूकम्प नआओस भन्दै शनिबार भक्तपुरमा भूमी पुजा गरिएको छ । मुलुकमा शान्ति होस र भूकम्पका कारण ज्यान गुमाएकाको आत्माले शान्ति पाओस भन्ने कामना गर्दै भक्तपुरको कटुञ्जेका बासिन्दाले भूमी पूजा सहित यज्ञ गरेका हुन् ।

कटुञ्जेको शिसिलाखा भैरब मन्दिरको परिसरमा स्थानीय वृद्धवृद्धा, युवायुवती, महिला पुरुष सहित गाउँका बासिन्दा भेला भएर पूजा सहित यज्ञ गरेको शिसिलाखा भैरब मन्दिर संरक्षण समितिका कोषाध्यक्ष राजकुमार जोशीले जानकारी दिनुभयो ।

कटुञ्जेका ढुंगेल समुदायका ४५ जना ब्राम्हणले रुद्री पाठ, विष्णु सहस्रनाम यज्ञ, भैरब स्तोत्र, गीता, वेद, चण्डी पाठ गर्दै नवग्रहको पूजा, हवन, रुद्राभिषेक, भूमी अर्थात पृथ्वी पूजा गर्दै भैरब मन्दिरमा क्षमा पूजा समेत गरिएको पूजामा सहभागी विश्वकुमार ढुंगेलले जानकारी दिनुभयो ।

बिहान ८ बजेदेखि सुरु भएको यज्ञ दिउँसोसम्म चलेको थियो । यज्ञमा पाठ गरी चरु होम समेत गरिएको थियो । स्थानीय बासिन्दाको सहयोग र सहभागितामा भूमि पूजा, हवन एवं यज्ञको आयोजना गरिएको हो ।
त्यसैगरी नेवार समुदायका गुमान्जु, ख्यूजु, कसपाल लगायतले पनि शनिबारनै मृतात्माको शान्तिको कामना, देशमा शान्ति स्थापनाको कामना गर्दै क्षमा पूजा गरेको रामदास गुमाञ्जुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया