Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

गोरखा– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार गठनका बारेमा दलहरु सहमति नजिक रहेको बताउनुभएको छ ।

गोरखाको क्षतिग्रस्त आरुघाट क्षेत्रको अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकार निर्माणको विषयमा प्रमुख राजनीतिक दल सहमति नजिक पुगेको दावी गर्नुभएको हो । उहाँले दलहरुबीच बस्ने बैठकले त्यस विषयमा महत्वपूर्ण निर्णय छिट्टै लिनसक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘प्रमुख तीन दलबीच भरे वा भोलि सम्म संविधानका विवादति विषय टुंग्याएर राष्ट्रिय सरकार निर्माणमा सहमतिमा पुग्ने सैद्धान्तिक सहमति भइसकेको छ ।’ उहाँले विवादित विषय टुंग्याएर संविधान जारीको अवस्था नआएसम्म माओवादी सरकारमा नजाने स्पष्ट पार्नुभयो ।

उहाँले सरकारको नेतृत्वका लागि आफ्नो दावी नरहेको र त्यसका लागि आफू खुला रहेको बताउनुभयो । प्रधानमन्त्री सुशील कोइराला पनि अहिले आएर सहमतीय सरकारका लागि मार्ग प्रशस्त गर्न राजी भएको उहाँले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया