Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

ललितपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार कार्यविनायक नगरपालिकाभित्र पर्ने ऐतिहासिकस्थल बुङ्मतीमा भएको सरसफाइ कार्यक्रममा सहभागी हुनुभएको छ ।

भू्कम्पबाट अति प्रभावित उक्त स्थानमा फैलन सक्ने विभिन्न रोगबाट बच्नका निमित्त थालिएको सरसफाइ अभियानमा नेता ओलीले विपद्मा परेका नेपालीलाई सहयोग गर्न एमालेका स्वयंसेवक दस्ता हजारौँको संख्यामा खटिरहेको बताउनुभयो ।

स्थलगत रुपमा खटिएका स्वयंसेवकबाट भूकम्पले धराप बनाएका घर भत्काउने र भग्नावशेषलाई हटाउने तथा पीडित परिवारलाई बस्न अस्थायी बासस्थानको निर्माण गरिरहेको जानकारी उहाँले दिनुभयो ।

विपत्तिका समयमा जनताको मनमा लागेको घाउमा मलम लगाउन आफ्नो दलले दलीय स्वार्थलाई त्यागेर सहयोग गरेको ओलीको भनाइ थियो । नेता ओलीसँगै उपमहासचिव विष्णुप्रसाद पौडेल, नेता रघुजी पन्त, एमाले क्षेत्र नं ३ का अध्यक्ष रघुनाथ महर्जनलगायत सयौँको संख्यामा स्वयंसेवकको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया