Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

तेस्रो संविधानसभाको निर्वाचन घोषणा गर्न माग

काठमाडौं– संयुक्त जातीय मुक्ती मोर्चा नेपाल (महरा समूह)ले सरकारसँग २०७१ साल मंसिर २४ गते भएको सहमति अनुसार आफूरुले हतियार बुझाईसक्दा पनि सरकारले बन्दी कार्यकर्ताको रिहाई लगायतका सहमति कार्यान्वयन नगरेको भन्दै १२ दिने अल्टिमेटम दिएको छ ।

सो समूहले राजधानीमा शनिबार पत्रकार सम्मेलन गरेर पूर्व सहमति अनुसार बन्दीको रुपमा रहेका आफ्ना २७८ जना कार्यकर्ताहरुलाई तत्काल रिहा गर्नु पर्ने माग गर्दै सहमति कार्यान्वयन नभएर आगामि जेठ २५ गतेबाट आफूहरु पुन आन्दोलनमा होमिने चेतावनी दियो ।

समूहको बार्ता टोलीका संयोजक सिंहसर महराले सरकारले आफूहरुलाई सहमति गरेर झुक्याउने काम गरेको भन्दै आफूहरुले दिएको समयभित्र पनि सहमति कार्यान्वयन गर्न आनाकानी गरे त्यसको जवाफदेहि सरकार नै हुने चेतावनी दिए ।

उनले भने– ‘जनताको जायजमागलाई लिएर जनताको भावनालाई आत्मसाथ गर्दै फेरि आन्दोलनमा जाने छौँ । त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्छ ।’

समूहले तत्काल सर्वजातीय सम्मेलनबाट सर्वजातीय राष्ट्रिय सरकार गठन र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट तेस्रो गणतान्त्रिक संविधानसभाको निर्वाचन तत्काल घोषणा गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया