Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– कांग्रेस उपसभापति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृति नै समाजवाद भएको बताउनुभएको छ ।

कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाको नेतृत्वमा रसुवा जिल्लामा विद्यालय र घरटहरा बनाउन जान लागेका पार्टीका १०० जना कार्यकर्ताको टोलीलाई स्थानीय माछापोखरीबाट बिदाइ गर्दै नेता पौडेलले नेता, कार्यकर्ता र स्थानीय सवै खटिएकोले समाजवादको उदाहरण प्रस्तुत भएको बताउनुभयो ।

उहाँले छरिएर रहेका बस्तीलाई बिजुली, खानेपानी, स्वास्थ्य, बजार, उद्यान, शिक्षा, स्वास्थ्यजस्ता आधुनिक सुविधा उपलब्ध गराएर उपयुक्त भौगोलिक संरचनामा एकीकृत बस्ती बसाल्नुपर्ने समय आएको समेत बताउनुभयो ।

युवा नेता थापाले आफ्नो नेतृत्वको टोलीले रामेछाप, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट र धादिङका २२० घरलाई जस्तापात उपलब्ध गराएको र ८० भन्दा बढी घरसहित विद्यालय निर्माणको कामलाई तीव्रता दिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया