Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले भूकम्पले क्षतिग्रस्त विद्यालयका लागि राहतमा पठाएको जस्तापातामा अर्थमन्त्री रामशरण महतका स्वकीय सचिवले घोटाला प्रयास गरेका छन् ।

नुवाकोट पठाएको झन्डै तीन सय बन्डल रंगीन जस्तापातामा अनियमितता भएको पाइएको छ । बिहीबार कबिलास झारिएको नेपाल इन्भेस्टमेन्टको लोगो अंकित रंगीन जस्तापाता राहतमा नबाँडी शुक्रबार बिक्रीका लागि ट्रिपरमा राखेर काठमाडौं ल्याउँदै गर्दा स्थानीयले नियन्त्रणमा लिएपछि यस्तो तथ्य सार्वजनिक भएको हो ।

नुवाकोटमा आइपुगेको तीन सय बन्डल जस्तापाता बिक्रीका लागि काठमाडौं ल्याउन खोजिएपछि थानसिंहस्थित छहरेमा राजनीतिक दलहरू र स्थानीय सर्वसाधारणले नियन्त्रणमा लिएका छन् । नियन्त्रित जस्तापातालाई प्रहरीले पहरा दिएको छ । स्थानीयले राहतमा आएको जस्तापाता कांग्रेसका केही नेता तथा कार्यकर्ता मिलेर बिक्री गर्न खोजेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका छन् ।

नियन्त्रणमा लिइएको जस्तापाताको बजार मूल्य झन्डै ४५ लाख बराबर हुने बताइएको छ । नेपाली कांग्रेस कबिलास गाविस पार्टी सभापति विनोद पाठकले राहतमा आएको जस्तापाता अर्थमन्त्री रामशरण महत, उनका स्वकीय सचिव रमेश महत र अन्य नेता कार्यकर्ताको मिलेमतोमा बिक्री गर्न खोजिएको आरोप लगाए । उनले रमेश महतको घरमा झारिएको जस्ता कोटेश्वरका व्यापारीसँग ४५ लाखमा बिक्री गर्ने च्यानल मिलाएर लैजान लागिएको प्रमाण आफूहरूले फेला पारेको दाबी समेत गरे ।

तपाईको प्रतिक्रिया