Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– भूकम्पपछि हिमताल पनि जोखिममा परेका छन् ।

नेपालका दुई हजार तीन सय १५ हिमतालमध्ये २१ वटा खतराको सूचीमा छन्। इसिमोडका अनुसार यीमध्ये च्छो रोल्पा, तल्लो वरुण, इम्जा च्छो, लुमदिङ, पश्चिम चमजाङर ठूलागी भने विस्फोटको उच्च जोखिममा छन्। यस्तै मध्यम जोखिममा रहेका तालमा नगमा, गुङ्गु, टाम पोखरी र कोवुद ०२२९ छन्।

यसैगरी पूर्वी हुङ्गु २, गाकल ००२२, कोटमा ०१९१, कोटम ०१११, गाकल ०००८, गाकल ०००४, कोवुद ०२३८, कोवुद ०२२०, गवुद ००९ र कौरु ००१६ हिमताल पनि खतरा सूचीमा छन्।

भूकम्पले विस्फोटको खतरा र जोखिम बढाएपछि हिमताल तथा अन्य पोखरीको वास्तविक अवस्था पत्ता लगाउन अमेरिकाले वैज्ञानिक टोली खटाएको छ । अमेरिकी वैज्ञानिकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले जोखिमको सूचीमा राखेका २१ वटा हिमतालको स्थलगत अध्ययन अनुगमन गरी प्रतिवेदन तयार पार्नेछन्।

तपाईको प्रतिक्रिया