Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- अमेरिका आइओवा राज्यमा उत्पादन भइरहेको कार्यक्रम भुटानी ढुकढुकीका सञ्चालक तथा निर्देशक राकेश काफ्लेको नेतृत्वमा भूकम्पपीडितलाई राहत वितरण भएको छ ।

नेपालमा गत वैशाख १२ गते शनिबार गएको महाभुकम्पका पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउने अभियान सम्पन्न भएको अन्तर्राष्ट्रिय भुटानी सृजनशील मञ्चका अध्यक्ष गोविन्द फुँयालले बताए । महाभुकम्पबाट अति प्रभावित दुर्गम जिल्लाका बकटि बस्तीहरूमा राहत वितरण गरिएको छ ।

चार चरणसम्म सञ्चालन भएको राहात वितरणमा व्यक्ति र संस्थान गरी १६५ जनाबाट संकलन भएको थियो । १८ लाख ४३ हजार ४३६ रूपयाँबाट १७, ६४० डलर अर्थात १७ लाख ७३ हजार १७२ रूपयाँ वितरण गरिएको छ ।

ढुकढुकीले नुवाकोट जिल्लाको खड्का भञ्ज्याङ्ग गाबिसमा पहिलो चरणमा रू चार लाख १० हजारको अस्थायी टहरा बनाउन जस्तापाता, प्राथमिक खाद्यान्न, लगायतको राहात बितरण गरिएको थियो ।

दोस्रो चरणमा नेपालको गोर्खा जिल्लाको श्रीनाथकोट गाबिसका १५१ भुकम्प पीडित परिवारलाई प्रति परिवार चार हजारका दरले नगद वितरण गरिएको थियो ।

तेस्रो चरणमा नुवाकोट जिल्लाको पञ्चकन्या गाविसका ४५० महाभुकम्प पीडित परिवारलाई मच्छटदानी अथवा झुल बितरण गरिएको थियो ।

न्तिम चरणको राहत धादिङ जिल्लाको कटुन्जे गाविसको बडा नम्बर २ मा रहेको माथिल्लो घुर्मु गाउँका १८० परिवारका पीडितहरूलाई वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया