Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पबाट क्षतिग्रस्त नेपालका भौतिक संरचनाको पुनः निर्माण तथा नवनिर्माणमा हृदय खोलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सेभेन रेस कोर्सस्थित आफ्नो निवासमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग भएको भेटवार्तामा प्रधानमन्त्री मोदीले सहायतासम्बन्धी नेपालको प्रस्तावको प्रतीक्षामा आफू रहेको बताउनुभयो ।

वर्षायाम नजिकिएकाले भूकम्पपीडितलाई शीघ्र पुनर्वासको व्यवस्था गर्नेतर्फ उहाँले विशेष जोड दिनु भएको र त्यसमा भारतको सम्भावित सहयोगबारे विचारविमर्श भएको राजदूत उपाध्यायले बताउनुभयो ।

तपाईको प्रतिक्रिया