Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

कांग्रेस- अहिलेकैलाई बनाऔं, एमाओवादी- नयाँ चाहिन्छ

काठमाडौं- महाभूकम्पपछि मुलुकलाई पुनर्निर्माण र संविधान बनाउन सहमतीय सरकारको गृहकार्य सुरु भएको छ ।

एमाले र एमाओवादीले नयाँ सरकारको प्रस्ताव गरेका छन् भने कांग्रेसले सुशील कोइराला नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने अडान लिएको छ ।

सहमतीय सरकार गठनका लागि शुक्रबार पनि दिनभर अनेक बैठक भए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहानै राजधानीको एउटा कार्यक्रममा सहभागी भएर सिन्धुली गए । सिन्धुली जानु अघि राष्ट्रिय सहमतिको सरकारबारे बोलेका उनी दिउसो फर्केर सोझै एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे ।

राजधानीको एक होटलमा सहमतिकै सरकारको प्रसंग उठाएर एमाओवादीकै नेता बाबुराम भट्टराई पनि दाहालसहित ओली निवास पुगेर एक घण्टाको कुराकानी गरे । त्यसपछि दाहाल, भट्टराई ओलीसहित साँझ प्रधानमन्त्री निवास बालुवाटार गए ।

दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमै कांग्रेस पदाधिकारीको बैठक बसेको थियो भने ओली निवासमा एमालेका शीर्ष नेताको ।
एमाले र एमाओवादी सहमतिको सरकार निर्माण अपरिहार्य भन्दै बढी दौडेका छन् । दुबै दल सुशील कोइराला नेतृत्वको सरकारबाट संविधान र पुनर्निर्माणको काम पुरा हुन नसक्ने निष्कर्षमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया