Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- देशभरका निजी शैक्षिक संस्थाले एक महिनाको छात्रावास शुल्क र यातायात शुल्क नलिने भएका छन् ।

उनीहरुले भूकम्पपछि अहिलेसम्म अध्ययन÷अध्यापन कार्य नभएकाले ती शुल्क मिनाहाको निर्णय गरिएको बताएका छन् ।

निजी शिक्षालय महासङ्घ (अपिन)ले कलेज र विद्यालय दुवै तहमा लागू हुनेगरी यस्तो निर्णय गरेको हिसानका उपाध्यक्ष रमेश सिलवालले जानकारी दिनुभयो । अपिनमा हिसान, प्याब्सन, एन–प्याब्सनलगायत सङ्गठनमा आबद्ध देशभरका झण्डै १३ हजार निजी शैक्षिक संस्था रहेको उहाँले बताउनुभयो ।

बैठकले भुकम्पका कारण वैशाख १२ गतेदेखि जेठ १६ गते सम्म ३५ दिन पढाइ नभएकाले त्यसलाई जाडो बिदा, गर्मी बिदा, परीक्षा बिदा, पर्व बिदा र आवश्यक परेमा शनिबारीय बिदालाई समेत कटौती गरी ४५ दिनको पढाइ पूर्तिगर्ने निर्णय पनि गरेको छ ।

यही जेठ २० गतेदेखि हुने कक्षा १२ र असार १ गतेदेखि हुने कक्षा ११ को परीक्षालाई व्यवस्थित रुपले सञ्चालन गर्न आग्रह गर्दै पुर्ववत् अवस्थामा झै सहभागी हुन विद्यार्थीलाई अपिनले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया