Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– नेपाली कांग्रेसले संविधान निर्माण, भूकम्पपीडितका लागि राहत, पुनःस्थापना एवम् पुनःनिर्माणका काम एकसाथ गरिनुपर्ने निष्कर्ष निकालेको छ ।

पदाधिकारी एवम् सरकारमा प्रतिनिधित्व गर्ने कांग्रेसका तर्फबाट गएका मन्त्रीहरुको शुक्रबार बालुवाटारमा बसेको संयुक्त बैठकले संविधान निर्माणको काममा ढिलाइ गर्न नहुने बताउँदै काँग्रेसले त्यससँगै नवनिर्माणको कामलाई अघि बढाउनुपर्ने जनाएको सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

‘राष्ट्रिय संकटका समयमा सरकार अगाडि पुनःस्थापना र पुनःनिर्माणका काम पछाडि पार्नु मुलुकका लागि दुर्भाग्य हुन्छ भन्ने निचोड छ, अस्थायी बसोवास र राहतका कामलाई पहिलो प्राथमिकता दिएर राष्ट्रिय सरकार गठन गरिनुपर्छ भन्ने हाम्रो निश्कर्ष हो ।’ खड्काले भन्नुभयो ।

यही जेठ १७ गतेदेखि संविधानसभा बैठक बोलाइएकाले संविधानका सहमति भइसकेका विषय मस्यौदा समितिमा पठाउने र छ देखि आठ प्रदेश निर्माणमा सहमति जुटाउने गरी छलफल अघि बढाउनेबारेमा पनि बैठकमा छलफल भएको थियो ।

चार दलले छलफल गरी संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई एक ठाउँमा ल्याउने गृहकार्य अगाडि बढाइनुपर्नेमा बैठकले जोड दिएको छ । नेकपा (एमाले)ले काँग्रेससँगको सहकार्य छाडी अलग्गिएला भन्ने अव्यावहारिक र त्रुटिपूर्ण निर्णय गर्ला भन्ने नसोचिएको एवम् यसबारे सञ्चारमाध्यममा आएका विषयलाई महत्व नदिइएको सहमहामन्त्री खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया