Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको विस्तारमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने बताउनुभएको छ । सोलुखुम्बुमा निर्माण गर्न लागिएको किरात गणतन्त्र टावरका बारेमा जानकारी दिन किरात गणतन्त्र टावर फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजनाका गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो ।

उहाँले राष्ट्रिय एकताको सरकार भनेको वर्तमान सरकारको विस्तार नभएर सबै दलको सहभागितामा नयाँ सरकार गठन भएको स्पष्ट पार्नुभयो । उहाँले पुनःनिर्माण र संविधान निर्माण गर्ने सर्तमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिने त्यसका लागि दृढ इच्छा शक्ति र दूरुदृष्टि भएको नेतृत्वको आवश्यक रहेकामा जोड दिनुभयो ।

अध्यक्ष दाहालले प्राकृतिक प्रकोपमा परेका जनतालाई प्रभावकारी राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि दलहरुबीच बलियो एकताको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले विपत्तिमा परेका जनतालाई तत्काल राहत दिन र पुनःनिर्माण कार्यमा सरकार चुकेको भन्दै उहाँले सबै दललाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।

नयाँ सोच र दृष्टिकोणसहितको राष्ट्रिय एकता अहिलेको आवश्यकता भए पनि मन्त्रिमण्डल विस्तारको कुनै अर्थ नरहेको उहाँको भनाइ थियो । ‘‘मन्त्रिमण्डल हेरफेर गर्ने गरी विस्तार गरेर देशको समस्या समाधान हुँदैन’’, अध्यक्ष दाहालले भन्नुभयो ‘‘त्यसको लागि हाल देखिएको विपद्को सामना गर्ने दीर्घकालीन योजना, कार्यक्रम र इच्छा शक्तिसहित राष्ट्रिय एकता अहिलेको आवश्यकता हो ।’’

अहिलेको अवस्थामा विदेशीको मुख ताकेर र मागेर मात्र नहुने भन्दै अध्यक्ष दाहालले आफ्नै खुट्टामा उभिनुपर्ने र आफँै पौरख गर्ने गरी एकताबद्ध भएर लागे भूकम्पपछि उत्पन्न चुनौतीको सामना गर्न सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया