Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– उपप्रधानमन्त्री वामदेव गौतमले वसन्तपुर दरबार तथा त्यस आसपास क्षेत्रका भूकम्पबाट क्षतिग्रस्त सम्पदाका बहुमूल्य सामग्री संरक्षण गर्न निर्देशन दिनुभएको छ ।

गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका ठूला पराकम्पनका कारण वसन्तपुर दरबार क्षेत्रका प्राचीन महत्वका सम्पदा क्षतिग्रस्त भएका छन् । भत्किएका पुरातात्विक महत्वका सम्पदाको निरीक्षणका क्रममा गृहमन्त्री गौतमले क्षतिको जानकारी पनि लिनुभयो ।

यसैगरी सामान्य प्रशासनमन्त्री लालबहादुर पण्डितले पनि त्यस क्षेत्रको निरीक्षण गर्नुभयो । शुक्रबार नै त्यस क्षेत्रमा नेपाली सेना, प्रहरी तथा नेकपा (एमाले) का स्वयम्सेवकले भग्नावशेष पन्छाउने कार्यमा सहयोग गरेका थिए । भूकम्पपछि त्यस क्षेत्रमा अधिकांश सम्पदा पूर्णरुपमा क्षति भएका छन् भने कतिपय नभत्किएका संरचनासमेत जोखिममा छन् ।

तपाईको प्रतिक्रिया