Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आठौँ गणतन्त्र दिवसका अवसरमा एक सन्देश दिँदै नवनिर्माणको कार्य राज्यको पुनःसंरचनासँग गाँसिएको अन्तरवस्तु भएको हुँदा संविधान निर्माणबिना देश नवनिर्माणको नयाँ युगमा प्रवेश गर्न सक्दैन भन्नु भएको छ ।

उहाँले राज्यको मूलप्रवाहमा हामीले लिएको संविधान निर्माणको लक्ष्यलाई साकार पार्नु अहिलेको परिस्थितिमा अझ बढी सान्दर्भिक भएको उल्लेख गर्नु भएको छ ।

अहिले भूकम्प र पराकम्पनले ल्याएको बिपद्लाई सामना गर्न हामीलाई एकताबद्ध भएर अघि बढ्ने वातावरण बनेको छ भन्नु हुदै पूर्व अध्यक्ष रेग्मीले यस समयको सदुपयोग गर्दे छिटो संविधान निर्माण गरी गणतन्त्र संस्थागत गर्दै राष्ट्रको नवनिर्माणमा दृढ संकल्पका साथ जुट्नु आजको गणतन्त्र दिवसको सन्देश भएको धारणा व्यक्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया