Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा भइरहेको सरसफाइ अभियानमा सहभागी हुनुभएको छ ।

भूकम्पबाट पूर्ण रुपमा क्षति भएका त्यस क्षेत्रको पुरातात्विक मठ, मन्दिर, देवालय र दरबारबाट निस्किएका फोहर हटाएर सरसफाइ गर्ने काम भइरहेको छ । सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाले प्राथमिकताका साथ काम गर्दै आएका छन् ।

सरसफाइमा भाग लिने क्रममा प्रधानमन्त्री कोइरालाले वसन्तपुर दरबार, हनुमानढोका, नरसिंह चोक, कुमारी घरसमेतको अवलोकन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया