Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र पत्नी जमुना गुरुङ अस्ट्रेलियाका सबैभन्दा धनी १ सय व्यक्तिभित्र पर्न सफल भएका छन् ।

गत वर्ष १५० औं स्थानमा रहेका घले यो वर्ष ९९ औँ नम्बरमा उक्लिन सफल भएका हुन् ।

अस्ट्रेलियाका धनाढ्यहरुको सूचि प्रकाशन गर्ने ‘बिजनेस रिभ्यु विक्ली’ले सार्वजनिक गरेको सन् २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित रुपमा ९९ औँ स्थानमा परेका हुन् ।

घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै १५ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ३३ करोड ५० लाख डलर थियो ।

तपाईको प्रतिक्रिया