Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – भुकम्पले तहसनहस बनाएको सिनेमा क्षेत्र मन्द छ । बारम्बार आईरहेको भुकम्पको कम्पनहरुका कारण सिनेमा घर खुल्न सकेका छैनन् भने कति सिनेमा घरमा क्षति पुगेका छन् । ‘यतिबेला कस्ले कुन सिनेमा रिलिज गर्ने हो ?‘ यो पनि प्रश्न खडा भएको छ ।

सिनेमा रिलिज होला फेरी भुकम्पको झड्काले तर्साउला यो पनि शंकाको बिषय बनेको छ । निर्माताहरु भरोसको केन्द्रबिन्दु बनाएर सिनेमा रिलिज गर्न चाँहिरहेका छैनन् । लाखौ, करोडौ रुपैया लगानी गरेको सिनेमा रिलिजकै दिनमा भुकम्पकै कारण रोक्नु पर्यो भने के गर्ने भनेर निर्माताहरु डराईरहेको अबस्था छ ।

तथापी पनि सिनेमा क्षेत्र पुनः चलमलाउन भने जरुरी छ । यो अबधिमा अधिकांस चलचित्रकर्मीहरु राहत बाड्नमा व्यस्त छन् भने भुकम्पको भय नहटेपनि अब चलचित्र क्षेत्रलाई चहपहल पार्नु पर्छ भन्ने भाव सिनेकर्मीहरुमा छाउन लागेको देखिन्छ ।

तर फिल्म बितरक कम्पनीहरुले पनि सिनेमा रिलिजको तयारीलाई अगाडी बढाउने आट गर्न सकेका छैनन । चलचित्र बितरकहरुले सिनेमा रिलिज गर्ने चाहाना बनाए पनि कस्को सिनेमा रिलिज गर्ने भन्ने दुबिधामा छन् ।

चलचित्र बितरक कम्पनी एफ.डिले कम्पनीमा संग्लन आफैहरुको सिनेमा रिलिज गरेर खाता खोल्ने बताएका छ । कंम्पनीका अनुसार निर्माता नरेन्द्र मर्हजनको ‘लब सब’, प्रदिप उदयको ‘अर्धकटी’बाट सुरुवात गर्ने सोच रहेको छ । उता बितरक सुनिल मानन्धर पनि चलचित्र रिलिज गर्ने सोचमा नरहेको बताउँछन । उनले खास गरी सिनेमा घरहरुको अबस्था नै राम्रो नभएकाले ततकालै रिलिज गर्ने आफु तयार नरहेको बताउँदै समय र परिस्थीती मिलेमा आगामी श्राबण १ गतेबाट चलचित्र ‘जाउँ हिड पोखरा’ र दशैको छेकोमा नारायण रायमाझको ‘परदेशी’ रिलिज गर्ने बताए ।

यस्तै बितरक मनोजराठी पनि भुकम्प अगाडी रिलिज भएको चलचित्र ‘रेशम फिलिली’ फिल्मबाट रिलिजको खाता खोल्ने तयारीमा रहेको बताए । आफुले रिलिज गरेकै दिनमा भुकम्पले असर गरेको भन्दै पुनः रिलिज गर्ने तयारी रहेको उनले बताए । हलको अवस्थालाई मध्यनजर गर्दै साथी भाईहरुको सल्लाहा अनुसार आफु अगाडी बढने राठीको भनाई छ । उनी भदौमा भुवन के.सीको  पिछल्लाे फिल्म ‘ड्रिम्स’ रिलिज गर्ने तयारीमा समेत थिए । तर, अब ‘ड्रिम्स’ भन्दापनि कहिले कुन सिनेमा रिलिज गर्ने, कसरी हल खुलाउने, कसरी क्षति भएका हलहरुको निर्माण गर्ने यो तिर ध्यान रहेको उनले बताए ।

फिल्म बितरक कम्पनीहरुनै यतिबेला दोधारमा रहेकाले निर्माताहरूले समेत आँट्न सकिरहेका छैनन् । हिजोको दिनमा सिनेमा रिलिजको तछाडमछाड गर्ने उनीहरु आज सिनेमा रिलिजको कुरा मनमा लिन पनि सकेका देखिन्न् ।

तर पनि फिल्म उद्योगकाे सान बचाउन भएपनि अब रिक्स लिनु जरुरी देखिन्छ । चाहे नयाँ सिनेमा होस या पुराना तर सिनेमाहलको ढोका खुल्नु टटकारो आवाश्यक्ता छ ।***

तपाईको प्रतिक्रिया