Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

‘राष्ट्रिय लिग तत्काल नहुने’

काठमाडौं- विनाशकारी भूकम्पका कारण स्थगित भएको रेडबुल राष्ट्रिय लिगलगायतका घरेलु फुटबल प्रतियोगिताहरु तत्काल सञ्चालन नहुने भएका छन् ।

भूकम्पका कारण रंगशाला लगायतका भौतिक संरचनामा क्षति पुगेको र अझै ढुक्कको वातावरण नबनेको भन्दै तत्काल प्रतियोगिता सुरु नगर्ने निष्कर्षमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्पले मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा पनि ब्यापक क्षति पुगेको छ । वातावरण सहज बनेपछि सरोकारवाला व्यक्ति र निकायहरुसँग छलफल गरी वैकल्पिक मैदानको व्यवस्था गरेरै भएपनि प्रतियोगिताहरु सुरु गर्ने पनि श्रेष्ठले बताउनुभयो ।

पहिलोपटक ‘होम एन्ड अबे’को आधारमा सञ्चालन भइरहेको रेडबुल राष्ट्रिय लिगलगायतका घरेलु फुटबल प्रतियोगिताहरु भूकम्पपछि अनिश्चितकालका लागि स्थगित गरिएको थियो । ***

तपाईको प्रतिक्रिया