Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

उड्डयन प्राधिकरणको महानिर्देशकमा गौतम
काठमाडौं- सरकारले भूकम्पपछिको पुनःनिर्माणको लागि आगामी आषाढ १० गते दातृ निकायहरुको सम्मेलन गर्ने औपचारिक घोषणा गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आषाढ १० गते काठमाडौंमा सम्मेलन गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले महाविपत्तिको समयमा पीडितको उद्दार र राहतमा सहयोग गर्ने संघ–संस्था र व्यक्तिहरुलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । यसैगरी, गणतन्त्र दिवसको प्रदान गर्ने गरिएको तक्मा, विभूषण, पदक आदिको सिफारिस हाललाई स्थगित गर्ने निर्णय पनि बैठकले गरेको सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषबाट ८ अर्ब ४० करोड रुपैयाँ गृह मन्त्रालयलाई निकासा गरेको विवरण पनि सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहतकोषलाई प्रभावकारी बनाउन सरकारले कलाकारहरु मनीषा कोइराला, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई सद्भावना दूत घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया