Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

रोल्पा– रोल्पाको कोटगाउँ–१ माडिचौरमा बिहिबार यात्रुबाहक जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन् ।

इरिबाङ थुनीकोटका ४२ बर्षीय दलबहादुर डाँगी र इरिबाङ–८ की अन्दाजी २७ वर्षीया विष्णु बादीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार एकै परिवारका तीन जनासहित चारजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कुरेली–४ का पूर्णवीर घर्ती, उनकी श्रीमती भीमकुमारी बुढा, छोरी माया घर्ती र पाछाबाङका भूपप्रसाद बुढाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार अन्य नौ जना पनि सामान्य घाइते भएका छन् । १५ जना सवार जिप चालकले चलाउँदा दुर्घटना भएको बताइए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम लिबाङबाट लाप्चुन घर्तीगाउँतर्फ जाँदै गरेको लु १ झ १९९२ नंको जिप माडिचौरभन्दा केही पर सडकबाट अन्दाजी ५० मिटर तल्लो सडकमा खसेको बताइएको छ ।

तपाईको प्रतिक्रिया