Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको भौतिक संरचनाको पुनःनिर्माणका लागि सहयोग जुटाउन सरकारले विशेष पहल गर्ने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनःनिर्माण गर्नका लागि सहयोग जुटाउन दाताहरुको सम्मेलन असार–१० मा काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

सरकारले घोषणा गरेको २ खर्बको पुनर्निमाण कोषमा रकम जुटाउन दाता सम्मेलनको आयोजना गर्ने तयारी गरेको हो । जापान सहित केही मित्र राष्ट्रले उक्त सम्मेलनको आयोजना गर्ने चासो दिएको भएपनि सरकार आफैले गर्न लागेको हो । कोषमा सरकारले २० अर्ब रुपैयाँ राखेको छ ।

त्यस्तै, संसदमा विचाराधीन रहेको विपत्त व्यवस्थापन सम्बन्धी विधेयकलाई फिर्ता लिएर थप संशोधन सहित अध्यायदेश ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । विनाशकारी भूकम्प पछाडि सरकारी निकायबीच देखिएको समन्वय अभाव हटाउन कानुनी रुपमै त्यस्तो व्यवस्था गर्ने लगायत पछिल्लो समय आएका सुझावहरुलाई अध्यादेशमा समेटिने तयारी छ ।

यसैगरी, मन्त्रिपरिषद्ले सुगतरत्न कंसाकारलाई नेपाल वायुसेवा निगमको महानिर्देशक नियुक्त गरेको छ । यसैगरी नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा संजय गौतमलाई नियुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया