Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

विराटनगर- सिरहाको डुमरीमा बुधबार राति एक जनलाई गोली प्रहार गरिएको छ ।

राति १० वजेतिर सिँचाइ आयोजनमा काम लगाउँदै गरेका सञ्जय पौडेललाई अज्ञात समूहले गोली प्रहार गरी फरार भएको हो । डुमरी गाविसस्थित कमला सिँचाइ आयोजनामा काम गर्ने कामदारहरुलाई काम लगाउँदै गरेका काठमाडौं ७ का ३९ वर्षीय पौडेललाई ३४ जनाको समूहमा आएका ब्यक्तिहरुले गोली हानि फरार भएका छन ।

पौडेलको पेटको दाहिने भागमा गोली लागेको छ । उनको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया