Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

राष्ट्रिय राजनीतिमा बदलावको संकेत
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन स्वयं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेपछि राष्ट्रिय राजनीतिमा बदलावको संकेत देखिएको छ ।

प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीले सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रमा राखेर भावी राष्ट्रिय सहमतिको सरकार गठन पहल सुरु गरेको हो। एमाओवादीका कटु आलोचक भनेर चिनिएका ओलीलाई केन्द्रमा राखेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नै यस्तो प्रस्ताव अघि सारेका छन्।

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गरेर अघि जान एमाओवादी सहमत भएपछि दाहाल-ओलीबीच दर्जनौँ आन्तरिक छलफल भइसकेका छन्। दाहाल निकटस्रोतका अनुसार संविधान निमार्णको सर्तमा अध्यक्ष दाहालले दुई मोडल प्रस्ताव गरेर सहमतीय सरकारका लागि पहलकदमी थालेका हुन्।

‘कोइराला सरकारलाई नै अहिले राष्ट्रिय सरकारको स्वरुप दिने र प्रतिपक्षमा रहेका दल पनि सोही सरकारमा जाने र सोही सरकारले सहमतीय संविधान महिना दिनभित्रै जारी गर्ने,’ दाहालको पहिलो मोडल छ, ‘त्यसको महिना दिनभित्र ओलीको नेतृत्वमा अर्को नयाँ सहमतीय सरकार गठन गर्न कांग्रेसले सहमति जनाए माओवादी पनि कोइराला सरकारमा सहभागी हुनेछ।’

संविधान जारी भएको एक महिनाभित्र ओलीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने लिखित सर्तमा मात्रै माओवादी कोइराला नेतृत्वको सरकारमा जाने दाहालले कांग्रेस नेतृत्वसँग प्रस्ट राख्दै आएका छन्।

दाहालले राष्ट्रिय सहमतिका लागि पेस गरेको यो मोडेलमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला र ओली दुवै सहमत देखिएको माओवादी दाबी छ।

तपाईको प्रतिक्रिया