Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

दोलखा– विभिन्न ध्रुवमा बाँडिएका राजनीतिक दलहरु यतिवेला भने एक ठाउँमा उभिएका छन् । मुलकुमा विनाशकारी भूकम्प गएपछि प्रभावित क्षेत्रमा यतिबेला बिभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताहरु पुर्ननिर्माण अभियानमा जुटेका छन् । तर, दोलखामा कांग्रेस, एमाओवादी र राप्रपाका स्थानीय नेता–कार्यकर्ता एकै ठाउँमा मिलेर काम गरिरहेका छन् ।

एमाओवादीका नेता कार्यकर्ताहरु उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा दोलखामा खटिएका छन् । दोलखामा विद्यार्थी, मजदुर तथा भोजपुरा राज्यसमिति अन्तर्गत बारा, पर्सा र रौतहटका कार्यकर्ताहरु पुर्ननिर्माणमा जुटेका छन् । पुर्ननिर्माणमा एमाओवादीसँगै अन्य दलका कार्यकर्ता पनि खटिएका छन् ।

कांग्रेस निकट शिक्षक संघका दोलखा अध्यक्ष रामजी चौलागाईं र राप्रपाका भीमेश्वर नगरपालिका अध्यक्ष विष्णु श्रेष्ठले एमाओवादी कार्यकर्ताहरुलाई खसी काटेर खुवाएका थिए । स्थानीय चौलागाईं र श्रेष्ठले एमाओवादी कार्यकर्ताहरुसँगै संयुक्त रुपमा काम समेत गरेका छन् । उनीहरुसँग सो ठाउँका कांग्रेस तथा राप्रपाका कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती देखिन्छ ।

एमाओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा अहिले भीमेश्वर नगरपालिकाको जिलुमा रहेको सर्ब माविको अस्थायी भवन निर्माणको काम भैरहेको छ । प्राविधिक शिक्षालयसमेत रहेको सर्ब माविका ३ वटा भवन भूकम्पले भत्किएका छन् ।

तपाईको प्रतिक्रिया