Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

१० बजेर ५२ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्पको धक्का

काठमाडौं- मंगलबार राति रसुवालाई केन्द्र बिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर ५२ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्का रसुवा, नुवाकोट, काठमाडौं उपत्यका, धादिङ, काभ्रे र सिन्धुपाल्चोकसहितका जिल्लामा महसुस भएको केन्द्रले जनाएको छ । योसँगै मंगलबार ५ वटा भूकम्पको धक्का महशुस भएको छ।

यसअघि राति १० बजे ललितपुर र काभ्रे जिल्लाको सिमाना केन्द्रबिन्दू भएको ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसअघि साँझ ६ बजेर ३९ मिनेटमा र ५ बजेर ४८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भयो । आजै दिउँसो २ बजेर ११ मिनेटमा ४.३ म्याग्निच्युटको भूकम्पको धक्का महुसस भएको हो।

तपाईको प्रतिक्रिया