Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भक्तपुर- अब सुरु हुने मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएकाले सजग रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।

रफत् सञ्चार क्लबद्वारा आयोजित अन्तरक्रियामा मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले सरकारदेखि जनतासम्मले अब निकै सहज हुनुपर्ने बताउनुभयो ।

अबको एक सातापछि नेपालमा मनसुन सुरु हुने बताउँदै उहाँले महाभूकम्पले पहाडका धेरै स्थानहरुको जमिन धुजाधुजा पारेकाले पहिरो जान सक्ने सम्भावना उच्च रहेको बताउनुभएको हो ।

शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनमुनिको पानी तथा वर्षात्को पानीले चिरा परेको जमिनलाई बगाउने खतरा भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया