Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- विनाशकारी भूकम्पबाट मृत्यु भएका नागरिकको सम्झनामा नेपाल राष्ट्रिय खिष्ट्रियन महासङ्घले राष्ट्रका लागि प्रार्थना गरेको छ ।

वैशाख १२ गते गएको विनाशकारी भूकम्प र २९ गते गएको शक्तिशाली पराकम्पनबाट निधन भएकाको सम्झना गर्दे प्रार्थनासभा गरेको हो । यस्तै सभाले स्वदेशी एवम् विदेशीलाई धैयधारणा गर्नुका साथै भूकम्पबाट घाइते भएकाहरुको सुस्वास्थ्यको लागि प्रार्थनासमेत गरेको छ ।

भूकम्पपश्चात् उद्धार तथा राहत कार्यमा तत्परताका साथ लागेका सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सङ्घ संस्थाप्रति धन्यवाद ज्ञापन गर्दे महासङ्घले पिडामा परेका बालबालिकाको व्यवस्थापन, सुरक्षाको प्रबन्ध गर्नुपर्ने, गर्भवति तथा सुत्केरी महिला र वृद्धवृद्धालाई समेत विशेष ध्यान दिन, भूकम्पमा बेपत्ता भएकाको तत्काल खोजी गर्नुपर्नेमा जोड दिएको छ ।

तपाईको प्रतिक्रिया