Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- शक्तिशाली भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माणका लागि सरकारी प्रतिबद्धता बलियो हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

राष्ट्रिय पुनःनिर्माण परामर्श समितिको मंगलबार बसेको पहिलो बैठकमा बोल्दै सहभागीहरुले व्यवस्थित योजानको खाँचो रहेको औंल्याए ।

प्रधानमन्त्री सशील कोइरालाले बोलाएको बैठकमा पूर्वप्रधानमन्त्रीहरु, सरकारका मन्त्रीहरु, संविधानसभामा रहेका दलका प्रतिनिधिहरु, सरकारी अधिकारीहरु, सामाजिक क्षेत्रका अगुवाहरु, मानवअधिकारादीहरु, नागरिक समाजका अगुवाहरु, अर्थविद्हरु, भूकम्पविद्हरुलगायतको सहभागिता रहेको थियो ।

बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सहमति र एकताका साथ अघि बढ्न आफू तयार रहेको बताए ।

बैठकका सहभागीहरुले भूकम्पपछि सरकारी पक्षबाट भएका कमी–कमजोरी र सकरात्मक पक्षहरु औंल्याएका थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले अबको समयलाई नयाँ नेपाल निर्माणको मौकाको रुपमा लिनुपर्ने सुझाव आएको बताए ।

यस्तै, एमाले नेता माधव नेपालले तत्काल कसरी अघि बढ्ने र श्रमप्रति जनताको विश्वास कसरी बढाउने भन्नेमा केन्द्रित हुनुपर्ने बताए ।

समितिले बुधबार राजनीतिक दलहरुसँग परामर्श गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया