Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

सिन्धुपाल्चोक- वैशाख १२ को विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकका १८ गाविसका ६० वटाभन्दा बढी बस्ती उच्च जोखिममा परेका छन् ।

भूकम्प गएको एक महिना बितिसक्दासमेत जिल्लाका उच्च जोखिममा परेका तातोपानी, लिस्ती, मार्मिङ, पिस्कर, गुम्बा, मांखा, राम्चे, भोताङ, बरुवालगायत १८ गाविसका ६० बस्ती सुरक्षित स्थानमा सार्ने विषयमा कुनै निर्णय हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।

भूकम्पपछि ती बस्तीमा गएको सुख्खा पहिरो र जमिनमा धाँजा फाटेकाले बस्ती उच्च जोखिममा रहेको भन्दै स्थानीयवासीले प्रशासनसँग आफूहरुलाई सुरक्षित स्थानमा सारिदिन आग्रह गरेका छन् ।

वर्षायाम सुरु हुन केही हप्तामात्र बाँकी छँदासमेत ती बस्ती सुरक्षित स्थानमा सार्ने विषयमा निर्णय हुन नसक्दा झनै समस्या थपिँदै गएको छ ।

तपाईको प्रतिक्रिया