Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी राहतकोषमा प्राप्त रकमको पूर्ण रुपमा सदुपयोग गर्ने विश्वास दिलाउनु भएको छ ।

भूकम्प पीडितका लागि कोषमा रकम हस्तान्तरण गर्न वालुवाटार पुगेका प्रेस युनियनका पदाधिकारीहरुसँग प्रधानमन्त्री कोइरालाले राहत वितरणमा कसैले अनियमितता गरे कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । पीडितका लागि सहयोग गर्न चाहने जोसुकैले सरकारी माध्यमवाट सहयोग गर्न सक्ने भन्दै उनले सरकारी संयन्त्रप्रति शंका नगर्न आग्रह गरे ।

युनियनले भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी राहत कोषमा २ लाख ८० हजार रुपैयाँ जम्मा गरेको छ । यसैगरि आजै विभिन्न संघसंस्थाले पनि कोषमा रकम जम्मा गरेका छन् ।

एनसेलले १० करोड, विद्युत प्राधिकरणले ५ करोड, डाबर नेपालले १ करोड, एसियन पेन्टले ११ लाख ११ हजार १ सय ११ र कर्मचारीको तर्फवाट ७ लाख ११ हजार १ सय रुपैयाँ बराबरको रकम कोषमा हस्तान्तरण गरेका छन् ।

यसैगरी म्यानमारमा बस्ने नेपालीहरुले पनि राहत कोषमा ३५ लाख जम्मा गरेका छन् ।

तपाईको प्रतिक्रिया