काठमाडौं– बैशाख २९ गते आएको भूकम्पपछि हराएकी फूलकुमारी गिरी अझै बेपत्ता छिन् ।
छोरासँग काठमाडौंस्थित नारायणथानमा बस्दै आएकी गिरी भागदौडका क्रममा हराएकी हुन् ।
छोरा शंकरका अनुसार ७५ वर्षीया गिरीको खोजतलासको लागि प्रहरीमा उजुरी दिएपनि अझै केही पत्ता लाग्न सकेको छैन ।
दुई नातीहरुसँग घरमै बसेको अवस्थामा भूकम्प आएपछि भागदौडका क्रममा ओखलढुड्गा स्थायी घर भएकी गिरी हराएकी थिइन् ।