Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन- नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले महाभुकम्पको विपत्तिसँग जुध्न जनतासँग सदैव रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेकपा–माओवादी चितवनद्वारा आयोजिन १५ दिने पुनर्निमाण अन्तर्गत महासचिव बादलले तामिनस्थित भुकम्पबाट क्षति भएको स्थानिय पञ्चबहादुर बिकको घरको खम्बा गाडेर अभियानको उद्‍घाटन गर्नुभयो ।

अभियानको नेकपा–माओवादी चितवनका इन्चार्ज ज्ञानु बस्नेत ‘आकांक्षा’को नेतृत्वमा मेडिकल टिम, प्राविधिक टिम सहितको ५० जना टोली १५ दिन आवश्यकता अनुसार चितवनको मुख्य क्षतिग्रस्त विभिन्न ठाउँमा परिचालित भएका छन् ।

पुनर्निमाण अभियानमा नेकपा–माओवादी पोलिटव्युरो सदस्य तथा पश्चिम तामसालिङ इन्चार्ज सुर्यप्रकाश सुवेदी पथिक, नेकपा–माओवादी केन्द्रीय सदस्य अम्बिका मुडवरी अञ्जना, जिल्ला सेक्रेटरी घननाथ सापकोटा विकाश लगायत विद्यार्थी, मजदुर तथा युवा स्वयंसेवकहरु परिचालित भएका इन्चार्ज आकांक्षाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया