Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

अर्थमन्त्री महत र गृहमन्त्री गौतम बीच दोहोरी

काठमाडौं – भूकम्प पीडितलाई राहत स्वरुप १५ हजार रुपैयाँ राहत दिने विषयमा अर्थमन्त्री डा. रामशरण महत र अरू मन्त्रीबीच चर्काचर्की हुँदा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक बिना निर्णय टुंगिएको छ।

वास्तविक भूकम्प पीडितलाई सहज ढंगले राहत रकम उपलब्ध गराउने प्रक्रियाबारे मन्त्रीहरूबीच निकैबेर चर्काचर्की भएको र जसका कारण कुनै निणय हुन नसकेको बताईएको छ।

आन्तरिक रूपमा सरकारले गृहकार्य गरिरहेको उद्धार, राहत तथा पुनर्स्थानासम्बन्धी अध्यादेश राहतका विषयमै मन्त्रीहरूबीच चार घन्टासम्म चर्काचर्की भएपछि बिषयमा प्रवेश हुन नसकेको हो ।

गोरखामा श्रमराज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा स्थानीय सर्वदलीय संयन्त्रले सामान्य क्षति भएकालाई १५ हजार रुपैयाँ राहत दिन गरेको निर्णयबारे मन्त्रिहरुमा देखिएको मतभिन्नताले चर्को विवाद उत्पन्न भएको उज्यालो एफएमले बताएको छ ।

अर्थमन्त्री महतले जिल्लामा क्षति भए पनि काठमाडौंमा घर भएकालाई राहत रकम दिन नमिल्ने भन्दै आपत्ति प्रकट गरेका थिए।
अर्थमन्त्रीको भनाइप्रति गृहमन्त्री वामदेव गौतम, भौतिक योजनामन्त्री विमलेन्द्र निधि, बनमन्त्री महेश आचार्य, उद्योगमन्त्री महेश बस्नेतलगायतले असहमति जनाएका थिए।

सो बिषयमा अर्थमन्त्री महत र गृहमन्त्री गौतम बीच केहीबेर दोहोरीनै चल्यो ।

जथाभाबी राहत रकम उपलब्ध गराउने कुराले निद्रा नै लाग्न छोडेको भन्ने अर्थमन्त्री महतको प्रतिवाद गर्दै गृहमन्त्री गौतमले चार घन्टाबाट घटाएर बरु तीन घन्टा सुत्नुस् तर राहत रकमको प्रक्रिया सजिलो पार्नुस् भनेका थिए।***

तपाईको प्रतिक्रिया