Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो– जापानको सबैभन्दा उत्तरी प्रान्त होक्काईदो स्थित साप्पोरो सहरको एक फलफूल थोक बजारमा १ जोडि मेलोन अर्थात खरबुजा १५ लाख येनमा बिक्रि भएको जापान टुडेले जनाएको छ ।

खर्बुजाहरु मध्ये एक उत्कृष्ट गुणस्तरको मानिने युबारी खरबुजा यस बर्ष मे २१ तारिखका दिन टिप्न सुरु गरिएको छ भने २२ तारिखदेखि बिक्रि सुरु गरिएको छ । सो अवसरमा पहिलो युबारी खरबुजाको लिलाम बढाबढ हुंदा १५ लाख येनमा बिक्रि भएको हो । उक्त रकम जापानमा नयां कार नै किन्न सकिने बराबरको हो ।

युबारी खरबुजाको बिक्रि बितरण सुरु गर्दा ठूलो संख्यामा संचारमाध्यामहरुले त्यसको समाचार बनाउने गरेका छन् । गत बर्षको लिलाम बढाबढमा पनि २५ लाख येनमा सो खरबुजा बिक्रि भएको थियो । फलफूलमा सौखीन ब्यक्तिहरु यस किसिमको लिलाम बढाबढमा भाग लिने गरेको स्थानिय अधिकारीहरुले बताएका छन ।

सुरुमा जति महंगोमा बिक्रि गर्न सकियो सो फलफूलको माग पनि त्यहि अनुसार बढ्ने बताइएको छ भने उक्त फलफूल किन्नुलाई मानिसहरुले आफ्नो इज्जतसंग पनि जोड्ने गरेका छन । युबारी खरबुजा जापानको एक प्रतिनिधीमुलक फलफूलको रुपमा लिइन्छ ।

मानिसहरुले आफन्त तथा साथीभाइहरुको लागि उपहार तथा कोशेलीको रुपमा पनि यो खरबुजा दिने गर्दछन । यो खरबुजाको साइज, आकार स्वाद लगायतका सबै गुणहरु उत्कृष्ट हुने भएकोले पनि यसलाई धेरै मानिसहरुले मन पराउने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया