Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पासँग भेट गरि तत्काल गर्नु पर्ने १२ बुँदे सुझाव पेश गरेको छ ।

विनासकारी भूकम्प पश्चात पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको भन्दै यसलाई चिर्न पर्यटन मन्त्रालयले तत्काल गर्नु पर्ने १२ बुँदे सुझाव दिएका हुन् । पर्यटन प्रबर्द्धन विभागका इन्चार्ज सूर्य थापाको नेतृत्वमा गएको व्यवसायीक टोलीले महाभूकम्प पश्चात पर्यटकहरु नेपाल आउनेक्रम रोकिएको भन्दै पर्यटन व्यवसायीहरुले कार्यालय सञ्चालनका लागि लिएका घर तथा कोठा भाडा तीन महिना मिनाहा गर्न पर्ने, व्यवसायीले लिने ऋणलाई ब्याज मिनाहा तथा लिएका व्याज २ प्रतिशतमा झार्नु पर्ने र ऋणको समयावधि पनि ५ वर्ष थप गर्नु पर्ने, नेपाल सरकारले तत्काल १० अर्बको कोष खडा गरि पर्यटन क्षेत्रको पुनःनिर्माण थाल्नु पर्ने रहेका छन् ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालले बाचन गर्नु भएको १२ बुँदा मध्ये आगामी आर्थिक वर्षको बजेटमा १० प्रतिशत पर्यटन क्षेत्रलाई छुट्टाउनु पर्ने, विदेशीहरुलाई सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत नेपाल हेर्न जाऊ भावका सन्देश तथा प्रचारप्रसार गर्नु पर्ने, नबिगि्रएका/नभत्किएका ठाउँहरुको प्रबर्द्धन गरि पर्यटकलाई त्यतातिर लैजानु पर्नेलगायतलाई विशेष जोड दिएको छ ।

यसैबीच नवनियुक्त पर्यटन मन्त्री कृपाशुर शेर्पाले वर्तमान अवस्थामा आफूलाई अवसर र चुनौति दुबै बराबर रहेको बताएका छन् ।

आज पर्यटन पत्रकार संघ (जाट-नेपाल)ले बधाई तथा शुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा मन्त्री शेर्पाले यस्तो बताएका हुन् । उनले विनासकारी भूकम्प पछि पर्यटन क्षेत्रको वास्तविक समाचार विदेशी सञ्चार माध्यमहरुले प्रशारण नगरेको र बढी ध्वंशका समाचारहरु गइरहेको हुँदा सञ्चारकर्मीहरुले सकारात्मक सन्देश देश/विदेशमा पठाइ पर्यटन प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया