Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

म्याग्दी– आइतबार विहानदेखि म्याग्दीको राम्चेमा खसेको पहिरोले थुनिएको कालीगण्डकी नदीको पानी बग्न थालेको छ । पहिरोको कृत्रिम बाँध माथिबाट आफैं पानी बग्न थालेको हो ।
पानीको बहाव ठूलो देखिएको भएपनि क्षतिको खतरा भने नरहेको बताइएको छ । यद्धपि सतर्कता अपनाइएको म्याग्दीका प्रहरी प्रमुख पंकज श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सारिएका बस्तीलाई अझ माथि माथि सार्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

थुनिएको झण्डै १५ घण्टा पछि सवा ५ बजेतिर बाँध माथिबाट पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पानी थुनिएपछि करिब ३०० मिटर गहिरोसम्म पानी जम्मा भएको थियो भने एक किलोमिटर भन्दा परसम्म ताल बनेको थियो ।

तपाईको प्रतिक्रिया