Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– राष्ट्रपति डा रामवरण यादवले आइतबार भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारभित्रका विभिन्न सरकारी निकायको स्थलगत निरीक्षण गर्नुभयो ।

राष्ट्रपति डा. यादवले भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरबार परिसरका विभिन्न मन्त्रालय तथा निकाय, सर्वाेच्च अदालत र महान्याधिवक्ताको कार्यालयमा पुगी भवनमा भएका क्षति र त्यसपछि भइरहेको कार्यसम्पादनको अवस्थाबारे जानकारी लिनुभयो ।

निरीक्षणका क्रममा राष्ट्रपतिलाई भूकम्पबाट सिंहदरबारमा भएका विभिन्न मन्त्रालय र निकायमा भएको क्षति र त्यसपछि कार्यालय सञ्चालनको अवस्थाका बारेमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र सरकारका मुख्यसचिव लीलामणि पौडेल लगायतले जानकारी गराउनुभएको थियो ।

सो क्रममा राष्ट्रपति यादवले भूकम्पबाट क्षति भएको सिंहदरबार पश्चिम ढोका, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, युवा तथा खेलकुद, सामान्य प्रशासन, उद्योग र वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यालेरी बैठकलगायत निकायका भवनमा पुगी निरीक्षण गर्नुभएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, सर्वाेच्च अदालतमा भूकम्पबाट भएको क्षति र कार्यालय सञ्चालनका बारेमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले जानकारी गराउनुभएको थियो भने निमित्त रजिष्टार श्रीकान्त पौडेलले सर्वोच्च अदालत र मातहतका अन्य अदालतमा भएका भूकम्पबाट भएको क्षतिका सम्बन्धमा विस्तृत जानकारी गराउनुभएको थियो ।

निरीक्षणपछि राष्ट्रपति डा यादवले विपतको बेला सबैले धैर्यधारण गरी इमान्दारीपूर्वक काम गर्न निर्देशन दिनुभएको महान्याधिवक्ताको कार्यालयका सहरजिष्टार तथा प्रवक्ता गोपालप्रसाद रिजालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया