Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई भविष्यप्रति ठूलो भरोसा भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार उहाँलाई ज्ञापनपत्र बुझाउन आएका ३३ दलीय मोर्चाका प्रतिनिधिसँग उहाँले सो कुरा बताउनुभएको हो ।

“समस्त नेपाली एक भए कसैको डर हुँदैन, विभाजित भए खतरा हुन्छ,” उहाँले ज्ञापनपत्र बुझ्दै भन्नुभयो – “मलाई भविष्यप्रति ठूलो भरोसा छ ।”

उहाँले प्राकृतिक विपद्ले जनधनको ठूलो नोक्सान भए पनि सबै नेपाली एकताबद्ध भएमा यसलाई विकासको नयाँ युगको सुरुवातमा बदल्न सकिने सम्भावना पनि औँल्याउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा शान्ति र स्थायित्वमात्र दिन सकियो भने नेपालमा लगानी गर्न भारत र चीनलगायतका धेरै मित्रराष्ट्रहरु तयार छन् । विकासको अवसर गुमेका छैनन् ।”

उहाँले हालैको भूकम्पले गरेको विनाश ठूलो चुनौती भएको उल्लेख गर्दै भन्नुभयो, “यसको सामना गर्न एक हौँ । राष्ट्रियता लोकतन्त्र र विकासका निम्ति एक भए कसैले परास्त गर्न सक्दैन ।” उहाँले सबै एकताबद्ध भएर गए मुलुकका समस्या समाधान हुने र सबै सफल हुने पनि बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुक विपत्तिमा परेका बेलामा सबै नेपालीको भावनालाई समेटेर राष्ट्रिय सरकारको गठन गर्न आफू तयार रहेको पनि बताउनुभयो ।

संविधानसभाको निर्वाचनमा सहभागी नभएका र संविधानसभामा प्रतिनिधित्व नभएका ३३ दलका तर्फबाट विभिन्न २१ बुँदे ज्ञापनपत्र प्रस्तुत गरिएको थियो । सो ज्ञापनपत्रमा राष्ट्रिय सरकारको गठनसहित स्थानीय निकायको निर्वाचन, प्रभावकारी राहत वितरण, उपयुक्त पुनःस्थापना र पुनःनिर्माण नीति र कार्यक्रम, भूकम्पबाट क्षति भएका सार्वजनिक विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक भवन, सडक र व्यक्तिगत भवनको निर्माण कार्यलाई सुव्यवस्थित ढङ्गले छिटो गर्नुपर्नेजस्ता विषयहरु समेटिएका छन् ।

तपाईको प्रतिक्रिया