Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

म्याग्दी– म्याग्दीमा पहिरो नरोकिएसम्म कालीगण्डकी खुलाउने काम अघि बढ्न नसक्ने उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बताउनुभएको छ । आइतबार राती एक बजेदेखि निरन्तर खसिरहेको पहिरोले बैसरीमा कालीगण्डकी नदी थुनिएको छ ।

थुनिएको कालीगण्डकी अवलोकन गर्न म्याग्दी पुग्नुभएका गौतमले सदरमुकाम बेनीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नदी किनारका बस्ती सुरक्षित स्थानमा राख्नु नै अहिलेको विकल्प भएको बताउनुभयो ।

उपप्रधानमन्त्री गौतमले भन्नुभयो, ‘त्यहाँ निरन्तर खसिरहेको पहिरोले ताल फुटाउन सम्भव छैन्, प्राविधिक र इञ्जिनियरको टोली तयारी अवस्थामा छन् । पहिरो रोकिनेवित्तिकै प्राविधिक टोली परिचालन हुनेछन् ।’

उहाँले विपत्ति यो बेला सबै मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया