Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

म्याग्दी– म्याग्दीको भगवती र राम्चे गाउँ विकास समितिको सिमानामा पर्ने बैसरीमा गएको पहिरोको कारण थुनिएको काली गण्डकीको तालले थप जोखिम बढाएको छ ।

तालको सतह बढ्दै बेनी–जोमसोम सडकखण्डसम्म पुगेको छ । करिब एक हजार पाँच सय मिटर माथिबाट काफलडाँडाको चट्टानी पहाड खस्दा नदी तालमा परिणत भएको हो । पहिरोका कारण बैसरीका २६ घर डुबानमा परेका छन् ।

सो स्थानमा शुक्रबारदेखिनै पहिरो जान थालेर जोखिम बढेपछि स्थानिय प्रशासनले बैसरीका २६ घर सर्वसाधारणलाई अन्यत्र सारेको थियो । वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनका कारण चर्किएर कमजोर बनेको जमिनबाटै पहिरो गएको स्थानीय प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया