Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

अध्यक्ष ओलीले भने, ‘जनतासँग रुखो नबोल्नु’
काठमाडौं– नेकपा (एमाले)का १० हजार स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।

स्वयंसेवकलाई काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिदाइ गर्नुभयो । उहाँले विपत्तिपछिको अवस्थामा राजनीति नभई पवित्र सेवाभावका साथ स्वयंसेवामा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

ओलीले जनताको मनमा बसेर काम गर्न पनि निर्देशन दिनुभयो । ‘जनताको काम गर्दा रुखो वचन नबोल्नुहोला, तपाईंहरु फर्कंदा जनताले आफ्नै छोरानातिसँग भएजस्तै उहाँहरुको आँशु झरोस् ।’

ओलीले एमाले कर्मी मौरी भएको टिप्पणी गर्दै स्वयंसेवी कार्यकर्तालाई आफ्नो स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर उदाहरणीय कार्य गर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्वयंसेवा साहसिक खेल होइन ।’

कार्यक्रममा एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनता र सरकारको खास परीक्षण गर्ने बेला आएको बताउनुभयो ।

एक महिनासम्म सञ्चालन हुने अभियानमा दश हजार स्वयंसेवक परिचालन भएका टोली नेता एवं पार्टी सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया