दोलखा– नेपाल परिवार दलका अध्यक्ष एवं सभासद एकनाथ ढकालले तीन करोड नेपाली मिले नेपाललाई जुरुक्कै उठाउन सकिने बताउनु भएको छ
।
अध्यक्ष ढकालकै पहलमा दोलखाको काटाकुटी गाविसमा आइतबार अन्तराष्ट्रिय उद्धार मैत्री संघले आयोजना गरेको राहत वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधान सभामा रहेका सबै ३१ दल पनि एक भएको प्रसङ्ग कोट्याउँदै विपद् व्यवस्थापनलाई प्रभावकारी रुपमा अगाडि बढाउन सबैको सहकार्य आवस्यक भएकोले नै राष्ट्रिय सरकार गठनको पहल भइरहेको पनि उहाँले बताउनुभयो ।
राहत वितरण गर्ने क्रममा विभिन्न जिल्ला–जिल्लामा पुग्दा देखिएको पिडितलाइ अवस्थाले आफुलाई मर्माहत बनाएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘बुद्ध जन्मेको हाम्रो पवित्र भूमि यो देशमा भुकम्पले हाम्रो घर भत्काएको छ तर हाम्रो मन र आशा जीवितै छ अब सबै नेपाली आफ्नो जातजाति, धर्म, सम्प्रदाय, पार्टीभन्दा पनि माथि उठेर पुन निमाणमा जुट्नुपर्दछ ।’