Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले भूकम्पपीडितको अस्थायी आवास निर्माणलगायत कामका लागि सबै दलका कार्यकर्ता सम्मिलित संयुक्त स्वयंसेवक परिचालन गराउनुपर्ने बताउनुभएको छ ।

एमालेले आजदेखि विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि एक महिनासम्म प्रारम्भ गर्ने ‘राष्ट्रिय स्वयंसेवक परिचालन अभियान’का सन्दर्भमा प्रेस चौतारी नेपालले आयोजना गरेको भेलामा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले एकताबद्ध स्वयंसेवक परिचालनका लागि निर्णय गर्न सरकारसँग प्रस्ताव गरिएको भए पनि निर्णयमा ढिलाइ भएको बताउनुभयो ।

उहाँले प्रस्तावबारे सरकारले निर्णय गर्नमा ढिलाइ गरेकाले पार्टीहरुले आफ्ना आफ्ना योजनाका साथ स्वयंसेवक परिचालन गर्नुपरेको बताउनुभयो । “यो मुलुक हामीले बनाउने हो, जनताको सेवामा सबै दल एकैसाथ मिलेर परिचालन हुँदा उचित संयोजन पनि हुन्छ र विदेशीको मुख ताक्नु पर्दैन ।” उहाँले आफ्नो पार्टीको अभियानका क्रममा मेचीदेखि महाकाली र प्रवास कमिटीका तर्फबाट गरी १० हजार स्वयंसेवक अति प्रभावित १४ जिल्लामा श्रमदान हुने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया