Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

सिन्धुली- उद्योगमन्त्री महेश बस्नेतले विनाशकारी भूकम्पपछिको नेपालको निर्माण दाताहरुले नभइ नेपालीहरुले आफ्नो मिहेनत, श्रम र सीपको परिचालन गरी गर्नुपर्ने बताएका छन् ।

भूकम्पले सिन्धुली जिल्लामा पुर्‍याएको क्षति, राहत वितरण र पुनःस्थापनाको अनुगमनका लागि सिन्धुली पुगेका मन्त्री बस्नेतले नेपालीहरुले आफ्नो स्वाभिमानलाई निहुर्‍याएर राहत र पुनःस्थापनाको नाममा विदेशी सहयोग स्वीकार गर्न नहुने बताए ।

मन्त्री बस्नेतलाई राहतको अवस्थाका बारेमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी विपत व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया