Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

ठोस कार्यक्रम नल्याएको भन्दै सरकारको आलोचना

काठमाडौं- व्यवस्थापिका संसदको राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन उपसमितिले काठमाडौंमै भूकम्पपीडितले पाल पाउन नसकेको भन्दै राहत वितरणलाई व्यवस्थित गर्न सरकारलाई सुझाव दिएको छ ।

उपसमितिले रसुवा, ललितपुर, नुवाकोटलगायतका जिल्लामा पनि पीडितले राहत नपाएको निश्कर्ष सार्वजनिक गरेको हो ।

शनिबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन समितिको बैठकमा उपसमितिका सदस्य दीपक बोहराले काठमाडौंको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदनमा राहत वितरण प्रक्रिया व्यवस्थित हुन नसकेको औंल्याइएको छ । उपसमितिले राहत वितरण र उद्धारमा देखिएका कमजोरीलाई २२ बुँदामा समेटेको छ ।

तपाईको प्रतिक्रिया