Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय ब्यवसायीहरु पोखरा पर्यटन पुनरुत्थान समिति गठन गरेर सक्रिय बनेका छन् ।

ब्यवसायीहरुले हरेक पर्यटकीय गतिविधिमा विशेष छुटसहितको प्याकेजसमेत सार्बजनिक गरेका छन् । सो विशेष योजनाअनुसार पोखराका होटल, लज तथा गेष्ट हाउसमा ५० प्रतिशत छुट दिइने भएको अभियान दैनिकमा खबर छ ।

यस्तै, रेष्टुराँका बिलमा २०, टे्रकिङ प्याकेजमा ३०, पर्यटक बस टिकटमा २० र रिजर्भका सवारीमा २० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । साथै ट्रेकिङ र गार्मेन्टका सामान दुवैमा २०/२० तथा प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइट, बञ्जीजम्प तथा जीपलाइन प्रत्येकमा १५/१५ प्रतिशत तथा ट्रेकिङ गाइडमा २० प्रतिशत छुटको ब्यवस्था गरिएको पर्यटन प्रवर्द्धनात्मक उपसमितिका संयोजक बासु त्रिपाठीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया