Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

नुवाकोट– वैशाख १२ गतेको भुइँचालोले तहसनहस पारेको नुवाकोटको ऐतिहासिक भौतिक धरोहरको पुनःनिर्माण र पुरातात्विक सम्पत्तिको लगत संकलन कार्य सुरु भइसकेको छ ।

भुइँचालोले क्षति पुर्याएको नुवाकोट जिल्लाका ऐतिहासिक र पुरातात्विक भौतिक संरचनालाई पूर्ण रुपमा भत्काएर फेरि निर्माण गरिने पुरातत्व विभागले जनाएको छ । दरबार परिसरमा रहेका साततले दरबार, भैरवी मन्दिर, रङ्गमहल, गारदघर, तलेजु भवानी मन्दिर, नारायण मन्दिर, विष्णु मन्दिरको पुनःनिर्माणका लागि अहिले भग्नावशेष हटाउने काम भइरहेको पुरातत्व विभागका इन्जिनियर सञ्जय चौधरीले बताउनुभएको छ ।

वैशाख १२ गतेको भुइँचालोले नेपाल एकीकरणको आधारस्तम्भका रुपमा रहेको साततले दरबारलाई ठूलो क्षति पुर्याएको छ । बाहिरबाट हेर्दा ठडिएको देखिए पनि भित्री भाग ध्वस्त भएका छन् । दरबारको अवस्था नाजुक भएकै कारण छेउबाट बाटो हिँड्नसमेत प्रतिबन्ध लगाइएको दरबार हेरचार कार्यालयका कर्मचारी गोविन्दबहादुर बानियाँ बताउनुहुन्छ ।

ऐतिहासिक भवन भत्किएसंँगै पुरातत्व विभागले जीर्ण रहेको संरचनाबाट पुरातात्विक सामग्री उत्खनन र संरक्षणका लागि नुवाकोटमा काम थालिसकेको छ । उत्खनन, सामग्री सङ्कलन र संरक्षणको जिम्मा कैलाशपति निर्माण सेवाले लिएको छ । निर्माण सेवाका मालिक पशुपति थापाका अनुसार काम गर्नेको अभाव भएपछि अहिले यसका लागि भारतको कलकत्ताबाट कामदार झिकाइएको छ । सबैको घर भत्किएका कारण कामदारको अभाव भएकाले राउतबेँसी गाविसका २५ जना र कलकत्ताका सात जनाले अहिले काम गरिरहेको थापाले बताउनुभएको छ ।

कतिपय अझै पनि साततले दरबार हेर्न र भैरवी मन्दिरमा पूजा गर्न आउने गरेका छन् । विशेष गरी साततले दरबार कटेर भैरवी मन्दिर नपुग्दासम्मको दुवैपट्टिका घर बीचभागमा ढलेको छ । तैपनि आउनेहरुका लागि पूजाआजा गर्न भैरवी देवीको प्रतिमास्वरुप बाहिर नै इँटा स्थापना गरिएको धामी हरिमानसिंह डङ्गोलले जानकारी दिनुभएको छ ।

दरबार हेर्न आउनेलाई पनि भित्र छिराउन सक्ने अवस्था छैन । यो समाचार तयार गर्नका लागि साततले दरबारभित्र छिरेको यस संवाददातालाई चौथो तलासम्म मात्रै मुस्किलले जान दिइएको थियो । आँटैले पाँचाँै तलामा पुग्दा त्यहाँ अडिन सक्ने अवस्था थिएन । यसरी पराकम्पबाट पनि भत्किँदै जाने सम्भावना भएका भवनमा रहेका पुराना सामग्री जोगाउने अभियान अहिले नुवाकोटमा जारी रहेको छ ।

तपाईको प्रतिक्रिया