Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– गत वैशाख १२,१३ र २९ मा आएको विनाशकारी भूकम्प र त्यसपछि आएका ठूला पराकम्पनमा परी शनिबार बिहानसम्म आठ हजार ६५० जनाको निधन भएको तथा २२ हजार ४० घाइते भएको प्रहरीले जनाएको छ ।

भूकम्पका केन्द्रविन्दु गोरखाको बारपाक तथा दुई पराकम्पनका केन्द्रविन्दु सिन्धुपाल्चोक र दोलखाको सिमाना थिए । भूकम्पबाट ज्यान गुमाउनेमा काठमाडौँ उपत्यकामा एक हजार ७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार ४०८, पश्चिम क्षेत्रमा ४५२ र मध्यपश्चिम क्षेत्रमा दुई तथा घाइते हुनेमा उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा सात हजार २३३, पश्चिम क्षेत्रमा एक हजार ३३२, मध्यपश्चिम क्षेत्रमा ३६ र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् । मृतक आठ हजार ६१२ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये पाँच हजार ३०७ जना विभिन्न अस्पतालमा उपचारत रहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

भूकम्पमा ज्यान गुमाएका कुलमध्ये नेपाल प्रहरीका छ, नेपाली सेनाका नौ, सशस्त्र प्रहरीका एक, निजामती सेवाका ११ र विदेशी ७९ हुन् । घाइते भएका कुलमध्ये नेपाल प्रहरीका १८३, नेपाली सेनाका छ , प्रहरी बलका ३२ र विदेशी पर्यटक ५० जना छन् । यसैगरी हालसम्म नेपाली २३० र विदेशी ८९ जना बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया